- गोबिन्द पौडेल
रोङ गाउपालिका वडा न ६ ले वडाका सामुदायिक बिद्यालयहरुवाट उत्कृस्ट जि पि ए ल्याउने एक जना बिद्यार्थीलाई हरेक बर्ष बितरण गर्ने गरेको सो पच्चिस हजार रासीको पुरस्कार यसबर्ष मोतिराम माध्यामिक विद्यालयमा अध्ययन गरि एस ई ई परिक्षामा उत्कृष्ट छात्र गोम्देनले पाएका हुन ।रोङ गाउपालिकामा अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता, सामाजिक बिकास समिति रोङका प्रमुख तथा वडा न ६ का अध्यक्ष सत्यम् राई चौरासेको बिशेष आतिथ्यता भएको उक्त पुरस्कार बितरण कार्यक्रमा शिक्षाबिध दल बहादुर मोक्तानले गौरी लामाको बारेमा प्रस्ट पार्नु भएको थियो। सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यपक गोबिन्द पौडेलले शुभकामना मनत्ब्य राख्नु भएको थियो । गत बर्षको एस ई इमा समेत रोङ उत्कृस्ट बनेको गोम्देनलाई गाउपालिकाले शिक्षा दिवसको अवसरमा प्रससा पत्रले सम्मान गरेको थियो भने गौरी लामाका पनाती रोहित स्याङ्वोले सम्मान पत्र र गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो र वडाध्यक्ष सत्यम राई चौरासेले नगद पुरस्कार बितरण गर्नु भएको हो ।
धेरैलाई थाहा नपाएका नसुनेका शिक्षा अभियन्ता भनिएका गौरी लामासुगौली सन्धितामा दार्जिलिङमा बस्ने शिक्षित ब्याक्ति थिए उनि जव सुगौली सन्धिबाट नेपालको सिमाना मेचीनदी कायम भयो त्यस पछि उनि म नेपाली हु र नेपालमै बस्छु भनेर अहिलेको रोङ गाउपालीका वडा नम्बर ६ को सलकपुर नजिकै कातिके भन्ने स्थानमा आएर बसेका उनका पनाती रोहित स्याङ्वोले बताए ।
उनि सलकपुरमा आएर राणाकालिन समयमा २००४ सालमा स्कुल स्थापना गरेर शिक्षाको ज्योति फैलाउदै रहेको अनि २००८ सालमा सञ्चालक समितिमा रहेर सलकपुरमा मिडिल स्कुल बनाउने प्रस्तावक रहेको र त्यसको समर्थनमा विश्वनाथ घिमिरे (कान्छा महाजन) (जसलाई पचायले हत्या गर्यो शहिद) मनिराज भारतीले समर्थन गरेको दस्तावेज अहिले पनि रहेको बिद्यालयका पुर्वप्रधानाध्यापक दलबहादुर मोक्तानले बताए । गौरी लामाले कातिकेमा सुरु गरेको सुन्तला खेति नै पछि सलकपुरमा बिस्तार भएको हो ।
रोङ गाउपालिका वडा नम्बर ६ को लामिटार आधारभुत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मनतब्य प्रधानाध्यापक लाखबहादुर सावाले गरेका थिए भने कार्यक्रमको सचालन वडा सचिव खगेन्द्र खतिवडाले गरेका थिए ।
0 comments:
Post a Comment