इलामको माईजोगमाईमा भेटियो पाञ्चायन देवस्थल तथा गोपिनी गुफा

  • दिनेश महत 

इलाम, 17 माघ:  इलामको माईजोगमाइ गाउँपालिका-२ जोगमाईमा महाविर फुस्रे खोला पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष कुसबहादुर थेवे र उपाध्यक्ष प्रविना राइले संयुक्त रूपमा देवास्थलमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको हो । पाञ्चायन देवस्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थेवेले पालिकाले टुरिजम एप बनाउने तयारी हुदै गरेको छ यस देवास्थलपनि राखिने बताउँनुभयो। उहाँले पालिकाले सिमित स्रोत साधनको उपयोग गर्दै चौतर्फी आवश्यकता पुर्ति गर्नु पर्ने भएकाले इच्छाएको काम एकैपटक गर्न नसकिने बताउनुभयो । 
उहाँले पालिकाले वडाहरुमा आलोपालोमा विकास गर्दै जाने बताउनुभयो । यस्तै विशेष अतिथि राईले आफुले भोट माग्दै गर्दा गरेका बाचा नभुली क्रमश प्रकृयागत रूपमा काम गर्दै गएको बताउनु भयो । कुनै पनि काम गर्नलाइ कागजी प्रक्रियामा जानु पर्ने भएकाले भनेजति काम गर्न नसकोको स्वीकार गर्नु भयो । 
उहाँले संचारमाध्यमका सबै लेख सुचना समाचार सत्य नहुने हुँदा तथ्य कुरामा प्रस्ट हुन समेत आम नागरिकमा अनुरोध गर्नु भयो । सकारात्मक कुरामा प्रचारबाजी गर्नु पर्ने भन्दै धार्मिक ,साँस्कृतिक,पर्यटकिय स्थलहरूको खोज अनुसन्धान गरि प्रचारप्रसार गर्न लाग्नु पर्ने बताउनु भयो ।
 विगत दुई बर्ष अघिदेखि स्थानिय दिलबहादुर सुबेदी दिनेशले देवास्थालको संरक्षण गर्नमा पहल गरि उहाँकै अध्यक्षतामा संरक्षण समिति निर्माण गरि देवास्थलको उत्थान, संरक्षण, धार्मिक पर्यटनको निमित्त प्रचार प्रसार गर्दै आउनुभएको थियो । उहाँले सपनामा आफुलाई देखाएको र त्यस ठाउँमा पुगी हेर्दा विभिन्न देवीदेवताको तस्वीर ढुंगामा पाएपछि यस्को संरक्षण गर्न थालिएको बताउनु भयो । आफुले औँसी र पुर्णिमा संधै पुजापाठ गर्दै आएको र विभिन्न धर्म गुरु लामा गुरूहरूलाइ देखाउने सुनाउने गर्दा यसप्रति उहाँहरूले संरक्षण गर्न सुझाव संगै साथ दिएकोले यस्को दिगो बिकासको लागि कार्यक्रम गरी उद्घाटन गर्न सफल भएको बताउनु भयो । 
कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष विजय खम्बु ,राट्रिय किसान संघ कोशी प्रदेश अध्यक्ष कुसुम दाहाल,समाजसेवी हर्कसिङ्ग राई लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । देवास्थलमा लामा गुरु, पण्डित गुरुहरुबाट विधिवत रुपमा पुजापाठ गरीएको थियो भने ३ सय बढी भक्तजनहरुको उपस्थित रहेको थियो । माइजोगमाइ अहिले पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । विश्वमै दुर्लभ रेडपान्डा, काडे भ्याकुर ,औषधीय गुण भएको बहुमुल्य केसर खेती, बौद्धधर्मावम्विको आस्थाको केन्द्र सांङघेछोइलिङ्ग गुम्बा, स्वच्छ र रमणिय वातावरणले भरिपुर्ण रहेको छ ।
कालिखोप चिवाबगान मुनि पाञ्चायन देवस्थल तथा गोपिनी गुफाको प्रचारप्रसार र सरकारले चासो दिएर, सडक, बिजुली र देवस्थान अासपासको ब्यवस्थित गर्न सके धेरै सम्भावना बोकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment