पाँचथरमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि गरे आत्महत्या

 


पाँचथर । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।

४० वर्षीय गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment