इलाम : इलाममा अन्तरराष्ट्रिय आमन्त्रण इलाम गोल्डकप आज (शानिबार) सुरु भएको छ ।
ठूलो टुँडीखेलमा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक रेडहर्ष इलाम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच खेल भइरहेको छ ।
पहिलो हाफको खेल जारी छ । यो समाचार पार्दासम्म आयोजक रेडहर्ष १-० गोल अन्तरले अग्रता लिएको छ । खेलको १३ औं मिनेटमा रेडहर्षका उत्सव राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक इलाम र दार्जिलिङसित ‘ए’ डिभिजन क्बल न्युरो टिम (एनआरटी) काठमाडौंसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी र बाग्मती युवाक्लब सर्लाही गरी ८ वटा टोली सहभागी छन् ।
माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद प्रस्कार पाउनेछन् ।
0 comments:
Post a Comment