२०८० पौष २७ गते , शुक्रबार
भद्रपुर । चार दिन अघि बेपत्ता भएका भद्रपुरका एक वृद्ध मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका- ९ स्थित पुहातुवारी शिव मन्दिर अगाडि बस्ने ७६ वर्षीय वृद्ध हर्कमान विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव शुक्रबार दिउँसो चारआली जङ्गलको ढेग्रे कुनाको मराङ्गे घारीमा फेला परेको थियो । उनी पुस २३ गतेदेखि हराइरहेका थिए । उनी श्रीमतीसहित टहरामा बस्दै आएका थिए । उनको शवको प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी आजै दाहसंस्कार गरिसकेको स्थानीय चेतनाथ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।
0 comments:
Post a Comment