शिवसताक्षीकी निशा ५ दिनदेखि सम्पर्कविहीन



बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका ५ सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । पाँच दिनदेखि सम्पर्कविहीन निशाको खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेको छ । निशाको बुबा कुवेर ताजपुरियाले छोरीको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । पुस २८ गते घरबाट बिहान ११ बजे साथीको घरमा जन्मदिन मनाउन जाने भन्दै हिँडेकी निशा घर फर्किएकी छैनन् । 
इप्रका झिलझिलेमा दिएको हुलियाअनुसार कालो वर्णको साढे ४ फुट उचाई भएकी निशा कालो जिन्स पाइन्ट र ज्याकेट लगाएरबाट घरबाट हिडेको बुवा कुवेरले जानकारी दिए । उनले कहिँकतै देखेमा ९८२४९६४२६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् । केही दिनअघि सोही वडामा आमाछोरा समेत वेपत्ता भइरहेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment