एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू-भान्जा मृत भेटिए

२०८० माघ ३ गते , बुधबार


दाङ तुलसीपुरको एक सामुदायिक वनमा एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ को सानो बखरियास्थित सिद्धदेव सामुदायिक वनमा एउटै रुखको छुट्टाछुट्टै हाँगामा माइजू र भान्जा मृत भेटिएका छन्। झुण्डिएको अवस्थामा एक महिला र एक युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका-३ गोटीखोला निवासी १९ वर्षीय युवक तुलसीराम घर्ती र सोही ठाउँकी करिब ३५ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जनाएको छ। मृतक बसन्ती विवाहित हुन्। उनका पतिले केही दिनअघि मात्रै पत्नी हराएको भन्दै इप्रका तुलसीपुरमा निवेदन दिएका थिए। बुधवार पात टिप्न गएका वेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।उनीहरूको शव सडेको अवस्थामा फेला परेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। थाहाखबरबाट


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment