सुनसरीमा छोराको कुटपिटबाट बुबाको मृत्यु

 २०८० माघ १७ गते , बुधबार


सुनसरीको इनरुवामा छोराले बुबाको हत्या गरेका छन् । इनरुवा- ८ गणेशपुर टोलका चिबु सदाले बुबा चिलिया ऋषिदेव सदाको हत्या गरेका हुन । घरायसी विवादको क्रममा उनले बुबामाथि कुटपिट गरेका थिए ।

७० वर्षीय सदालाई गत माघ ११ गते छोराले कुटपिट गरेर फरार भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बुबाको विराटनगर स्थित कोसी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।फरार रहेका २१ वर्षीय सदालाई सोमबार नै वराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरिएको भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment