२०८० पौष २६ गते , विहीबार
उदयपुरको त्रियुगा नगरपालिका- ८ स्थित मदन भण्डारी राजमार्गमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका-७ का ३८ वर्षीय तुलसी मङरातीलाई ठक्कर दिएको थियो ।
दुर्घटना हुँदा घाइते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका-१० का ४५ वर्षीय किश्वर पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

0 comments:
Post a Comment