बम्जनको घरमा भेटियो ३ करोड ३० लाख नगद

२०८० पौष २५ गते , बुधबार


आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जनलाईको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।  केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बूढानीलकण्ठस्थित बम्जनको घरबाट ३ करोड ३० लाख रुपैयाँ बरामद गरेको प्रहरीको भनाइ छ।यसबाहेक उनको घरबाट १५ वटा मोबाइल, ३ ल्यापटप पनि बरामद भएको सीआईबीका एक उच्च अधिकारीले जनाएका छन्। 
बम्जन मंगलवार साँझ काठमाडौंको बुढानिकण्ठबाट पक्राउ परेका थिए। ​ बम्जनमाथि २०७३ साल साउन २० मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ।​
बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ। आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा दिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment