झापाको माई मेलामा भक्तजनको घुइँचो

२०८० माघ १ गते , सोमबार


झापा । झापाको कनकाई नदी किनारमा कोशी प्रदेशकै ठुलो माई मेला लागेको छ । त्यहाँ भक्तजनहरूको घुइँचो लागेको छ । माघ १ गते आज माघे सङ्क्रान्तिका दिन  कनकाई नदीको किनारमा स्वतफुर्त रुपमा माई मेला लाग्दै आएको छ । नदीको दुवैतर्फ कनकाई र शिवसताक्षी क्षेत्रमा मेला लागेको हो ।
कोशी प्रदेशको चर्चित र ठुलो माई मेलामा भारतबाट समेत भक्तजनहरू आउने गर्दछन्। मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिने स्नान, दान, जपतप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ। त्यसैले कनकाई नदीमा नुहाएर पूजा अर्चना गरे आफूले चिताएको मनकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment