क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं
२०८० पौष २५ गते , बुधबार


बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर  लामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश सुनाएको हो ।
जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहराएपछि क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नरहेको जिकिर गर्दै उच्च अदालत जान लागिएको बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment