इलामकाे रोङमा स्वास्थ्यमा नयाँ प्रयास, कागजी प्रयोग हटाईने

  • गोबिन्द पौडेल 

इलाम, २१ पुसः इलामको रोङ गाँउपालिकाको मातहतका स्वास्थ्य संस्थाका सम्पूर्ण डाटालाई डिजिटलाइज्ड गरिने भएको छ । कागजी ढड्डालाई विस्तापित गरी डिजिटल प्रविधिबाट रेकर्ड राखिने भएको हो ।
यसका लागि रोङ गाँउपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सफ्टवेयर सञ्चालनसबन्धी हिजो तालिम प्रदान गरेको छ । पालिकाको सभाहलमा सञ्चालित तालिममा २२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले जानकारी दिनुभयो ।


तालिमिमा गेट्वे सर्भिस एण्ड टेक्नोलोजी प्रा लि का सञ्चालक विकास जंग कार्की  र विमल कट्टेलले सफ्टवेयर सञ्चालनका सम्बन्धमा सहजिकरण गर्नुभएको थियो।तालिमको व्वस्थापन नवीन घिमिरेले गर्नुभएको थियो ।  तालिमपछि यसअघि ढड्डामा लेखिँदै आएकोमा अब स्वास्थ्य संस्थाका सबै डाटा सफ्टवेयरमा अपलोड गरिने शाखा प्रमुख युवराज काफ्लेले बताउनुभयो । ढड्डा विस्थापित गरि डिजिटल गर्ने रोङ गाँउपालिका ईलाम जिल्लाकै पहिलो भएको छ। रोङ गाँउपालिका प्रमुख सुवाश तामागंले रोङ गाँउपालिकाको सम्मुर्ण कामहरु विस्तारै सबै डिजीटल गरिने पनि वताउनु भयो ।
 कागजमा लेखिएको कुराहरु नासवान र अस्पस्ट हुने भएकोले कम्युटराईज हुदा स्पस्ट सहज हुने भएको छ ।स्वास्थ्य  कर्मिहरुले सेवाका लागि वाउन्न प्रकारका कागजी अभिलेख  तयार गर्नु पर्ने हुन्छ ।रोङ भित्र रहेको दशवटा स्वास्थ्य सस्थामा उपकरण जडान गर्न छ लाख बिसहजार खर्च भएको शाखाले जनाएको छ ।यसअघि रोङ गाउपालिकाले शिक्षालाइ पनि प्रबिधिमैत्रि बनाउने अभियान सचालन गरेको थियो ।शिक्षा स्वास्थ्य  लगायतको सबै सेवाहरु प्रबिधिमैत्रि बनाएर सेवा चुस्त र दुरुस्त बनाउने गाउपालिकाको योजना रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment