इलाममा महिला गोल्डकप हुने

बिहिबार, माघ १८, २०८०


इलाम । गत साता मात्र इलाम गोल्डकपको सफल आयोजना भएको इलाममा अर्को महिना महिला गोल्डकप आयोजना हुने भएको छ । फागुन २ देख ७ गतेसम्म इलाममा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । ओसिस क्लबको आयोजनामा प्रथम इलाम महिला गोल्डकप आयोजना हुने भएको छ ।
ठुलो टुँडिखेलमा हुने प्रतियोगितामा कम्तिमा ८ टिमको सहभागिता रहने छ । छिमेकि जिल्ला झापा, पाँचथर, आयोजक ओसिस क्बल, विभागीय टोली एपिएफ, नेपाल आर्मीको प्रादेशिक टिम, दार्जिलिङको मानेभञ्ज्याङ क्लब सँगै अन्य क्लबसँग पनि सहभागिताको लागि कुरा भइरहेको आयोजकले जानकारि दिए ।
प्रतियोगिता बारे बुधबार आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघ इलामको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुनेछ । गोल्डकपको विजेताले २ लाख र उपविजेताले १ लाख नगदसँगै ट्रफी मेडल पाउनेछन् । व्यक्तिगत विधा तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, उदियमान खेलाडी र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment