२०८० माघ १९ गते , शुक्रबार
सुनसरीको इटहरीमा घरको गेटले किचेर एक बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका- ८ मा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका ४ वर्षीय छोरा अनीश बराइली बिहीबार साँझ घरको गेटमा खेल्दै गर्दा फलाम गेट लडेर किच्दा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी तत्काल विराट टिचिङ हस्पिटल विराटनगर लगिएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
0 comments:
Post a Comment