अनलाइन जुवा खेलाउने तीन भारतीय नागरिक एक करोड बढी रकमसहित पक्राउ

२०८० माघ १९ गते , शुक्रबार


नेपाल प्रहरीले अनलाइनमार्फत् जुवातास खेलाउने तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत् जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारत पञ्जावका ३२ वर्षीय रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौका ५२ वर्षीय गुलाव सिंह र भारत विकासपुरीका ३९ वर्षीय गौरव सिंह छन् । परिसरका सूचना अधिकारी एव प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले नेपालको कानुनले बन्देज गरेको अवैध जुवा र नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राको वित्तीय कारोबार गर्ने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेकासँग प्रहरीले अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरण, तास, कागजात, ठूलो मात्रामा स्वदेशी तथा विदेशी मुद्रा बरामदसमेत गरेको छ। उनीहरूसँग प्रहरीले रु एक करोड नौ लाख चार सय ४५ बरामद गरेको छ भने तीन थान ल्यापटप, सात थान कम्युटर बरामद गरेको छ। पक्राउ परेका तीनैजनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment