मेचीनगरकाे भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी

२०८० फाल्गुन २८ गते , सोमबार


झापाको मेचीनगर नगरपालिका- १५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइ) उद्योगमा भीषण आगलागी भएको छ ।
उद्योगमा आज बिहान सवा ५ बजेबाट आगलागी शुरु भएको हो । आगाे अझै नियन्त्रणमा आएको छैन । ६ वटा दमकल, नेपाली सेना , सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिरहेका छन् । उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । आगलागीको कारण थाहा हुन नसकेको उनले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment