- गोबिन्द पौडेल
सरकारको सामाजिक सुरक्षाभत्ता पाउने उमेर थाहा पाएपछि नागरिकता प्रमाणपत्रको खाचो महसुस गरेर आफ्ना श्रीमान सहित वडा कार्यलय पुगेका टिकामाया राईलाई बैवाहि अगिकृत नागरिकता प्रमाणपत्रको सिफारीस गिदिएको वडा सचिव खगेन्द्र खतिवडाले बताए ।
२०१२ साल चैत्र ७ गते भारतको मिरिकथुममा जन्मभई २०३२ साल बैशाख ८गते रोङ ६ का हस्तबहादुर राईसग बिबाह भएको टिकालाइ यसअघि नागरिकता प्रमाणपत्रको खाचो र चासो नै थिएन तर अव भत्ताखान चाहि चाहिने भएपछि बनाउन लागेको उनको भनाई रहेको छ ।
मुलुक सघियतामा गएर बिकेन्द्रिकरणको आवाज जताततै घन्किरहदा दर्जनौ नानि,पनातिका हजुरवा हजुरआमाहरु अहिलेसम्म नागरिकता बिहिन छन् भने कयौ वालबच्चाहरुको अहिलेसम्म जन्मदर्ताको प्रमाणपत्र समेत छैन ।रोङ गाउपालिकाले नै ूअध्यक्ष सग बिद्यार्थीूकार्यक्रम सचालन गरि सबै बिद्यार्थीहरुो बैकखाता खोलि मासिक स्वक्षिक र गाउपालिकाले उपस्थितिको दैनिक एक रुपैया थप कार्यक्रमबाट पालिका भरि करिवदुईसय वालबालिकाहरुको जन्म दर्ता प्रमाणपत्र नभएको कारण बैक खाता खुल्न सकेको छैन ।
के के न गर्छौ भनेर अनेक योजना बनाई रहने सरकारले दुरदराजका नागरिकहरुको वास्तबिक अवस्था अहिले सम्म नबुझेको धेरैको गुनासो रहेको छ ।पहिला नागरिकहरुको वास्तबिक समस्या पहिचान गरेर समस्याको समाधान गर्न सके हरेक नागरिकहरुलाई राज्यको मुलधारमा समाबेस गरि मानव बिकास सुचकाङ्कको बृद्धि गर्न जरुरी रहेको छ ।
0 comments:
Post a Comment