इलाम, ७ जेठः जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले सोमबार प्रहरी चौकी चिसापानि, दानाबारी, महमाई र बाझो चौकीको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय, सम्पुर्ण शाखाहरु, तथा हिरासत कक्षको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
वहाँले सबै प्रहरी कर्मचारीहरु अनुशासनमा रही व्यवशायिक प्रहरी कर्मचारीको रुपमा कार्य सम्पादन गर्दै कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शुन्य सहनशिलतामा कार्य गर्न र असहाय, गरिव, पिडामा परेका व्यक्ति तथा जेष्ठ नागरिकहरुको पिर मार्का र समस्यालाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्न तथा आफ्नो पदिय जिम्मेवारी,आदेश निर्देशनलाई अक्षरस पालना गर्दै समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्न निर्देशन दिनुभयो ।
निरीक्षण भ्रमणकै क्रममा प्रहरी उपरीक्षक ढकालले ग्रामिण भेगका स्थानिय बासीहरु सँग भेटघाट गर्नु भई वर्तमान शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक बिषयहरुमा छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।
0 comments:
Post a Comment