अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य सेवा दिँदै रोङ गाउँपालिका

इलाम
२०८१ जेष्ठ ३० गते , बुधबार


शारीरिक अवस्थाकै कारण स्वास्थ्य संस्थासम्म जान नसकेका अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाले घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको छ । इलामको रोङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरेको हो । मेची अस्पतालका डाक्टर नवीन भुजेलसहित गाउँपालिकाको टोलीले सार्वजनिक बिदाको दिनमा घर–घरमै पुगेर सेवा दिइरहेको हो ।
स्वास्थ्य परीक्षणसहित अपाङ्गता भएका व्यक्तिका लागि प्रयोगमा रहेका रातो, निलोसहितका कार्डहरू र विभिन्न सामग्री समेत हस्तान्तरण गरिएको रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले जानकारी दिइन् । रोङका सबै वडामा रहेका अपाङ्गता भएका व्यक्तिका घर–घरमै पुगेर उनीहरूको आवश्यकता अनुसार ह्वेल चेयर र स्लिपिङ ब्याग समेत हस्तान्तरण गरिएको उनको भनाई छ ।
गाउँपालिकाले यो वर्ष चार लाख रुपैयाँ बराबरको सामग्री अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएको  छ । रोङमा तीन सय ६५ जना अपाङ्गता भएका व्यक्ति रहेको र ती मध्ये ३६ जना रातो कार्ड भएका र ६५ जना सेतो कार्ड भएका व्यक्तिहरू रहेको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment