झापा
झापा । झापामा घरेलु हतियार खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। शिवसताक्षी नगरपालिका -८ स्थित निपत्रिया निवासी ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी आफ्नै श्रीमती अन्दाजी ३० वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाटीमा खुकुरी प्रहार गर्दा रञ्जनाको मंगलबार साँझ पौने ७ बजे घटनास्थलमै मृत्यु भएको थियो ।
श्रीमान्-श्रीमतीबीचको घरायसी विवादका कारण सो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना पश्चात् इलाका प्रहरी कार्यालय झिलझिलेको टोली ओमप्रकाशलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । प्रहरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।
त्यस्तै मेचीनगरमा सोमबार साँझ ७ बजेको समयमा बुबाको धारिलो हतियार प्रहारबाट छोरा घाइते भएका छन् । मेचीनगर नगरपालिका- ३ दोकान डाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले उनकै अन्दाजी ३० वर्षीय छोरा डिल्लीराम दाहाललाई धारिलो हतियार (दाउ) प्रहार गरेका छन् । खाना खाने विषयलाई लिएर विवाद हुँदा बुबाले छोराको टाउकोको पछाडि भागमा दाउ प्रहार गरेका थिए । उनको स्थानीय मेडिकल दोकान डाँडामा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यता अस्थायी प्रहरी पोस्ट भृकुटीले दाउसहित पुण्यप्रसादलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment