मोरङ , मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी ७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।
।
खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हिराधन तामाङलाई पक्राउ गरेको छ । आइतवार राति १० बजेतिर हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।
श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । उनको अहिले बिराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
वैदेसिक रोजगारीमा रहेका हिराधन ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि घर फर्किएका थिए ।
0 comments:
Post a Comment