इलाम माइभ्याली सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


इलाम नगरपालिका-११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुकलगायतका कागजातहरू आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैङ्क खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार रुपैयाँ वार्षिक कार्य योजना स्वीकृत नगरी बदनियत पूर्वक खर्च गरी रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनाश गरेको पुष्टि भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा अध्यक्ष कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, समितिको कोषाध्यक्ष रिता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतमा खाता सञ्चालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनीविरुद्ध ३० लाख ७८ हजार ६०० रुपैयाँ बिगो रकम कायम गरी जरिवाना एवम् असुल उपर हुन माग दाबी लिई बुधवार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर भएको आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment