- गाेबिन्द पाैडेल
स्वदेशमा केहि छैन भने दिनहु हजाराै युवाहरु बिदेशिरहेकाे बेला समाल्बुङमा नन्दभाउजु मिलेर अचार उत्पादन गरेर बेच्न थालेका छन् ।
सुनपा ५ गाेरखका भाउनु शशिकला तामाङ र उनका नन्द बिमलाले स्थानिय उपलब्ध उपजहरुकाे प्रयाेग गरेर घरमै अचार उध्याेग सचालन गरेर बजारमा ल्याएका छन् ।उनिहरुले गाउमै उपलब्ध कागति, अदुवा, लसुन सहित मासुकाे अचार तयार गरेर बजारमा ल्याएका छन् ।
पर्यटकिय स्थान अन्तुमा अाउने पर्यटकहरुले स्थानिय उत्पानहरु नपाईने गुनासाे गरिरहेकाे बेला स्थानिय उत्पादनकाे अचारले त्यहा अाउने पर्यटकहरुलाई नया स्वाद दिने भएकाे छ ।अचार उत्पादनकाे तालिम नलिएका उनिहरुले गाउमै स्वराेजगार बन्नकाे लागि युटुव हेरेर नै उत्पादन गर्न थालेकाे बिमलाले बताए ।अहिले अाधाकिलाे ताैल रहेकाे अचार पाचसय मुल्य राखेर बेच्न थालेकाे र पर्याप्त मागहेकाे उनिहरुकाे भनाई रहेकाे छ ।यदि उपभाेक्ताले मन पराएर बजारीकरण हुन सक्याे भने लप्सी,ठाेट्ने,मुला,डुकु,साग,स्कुस लगायतकाे स्थानिय उपजहरुकाेअचार बनाउने याेजना रहेकाे बिमलाले बताए ।
वर्तमानमा युवाहरुमा स्वदेशमा निरासा अाईरहेकाे समयमा जाेस जाँगर र उत्साह भरिएका उद्धमी बिमलाहरुजस्ता नागरिकहरुलाई अावश्यक सहयाेगकाेलागि तिनैतहका सरकारहरु लाग्नु जरुरी रहेकाे छ ।
0 comments:
Post a Comment