इलाममा शव कुहिएर नचिनिने अवस्थामा फेला

 २९ कार्तिक २०८१, बिहीबार 


इलाम, इलामको सूर्योदय नगरपालिका–१४ र माई नगरपालिका–५ को सीमास्थित खोलामा मानिसको शवको अंश फेला परेको छ।


ढुंगाको च्यापमा हड्डी अड्किएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरी पुगेर हेर्दा कम्मरमुनि (हिप) को भागसहितको एउटा खुट्टोजस्तो देखिन वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ।

थप अनुसन्धानका लागि पशुपतिनगर प्रहरीमा ल्याइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शव कसको हो भन्ने पहिचान हुन सकेको छैन।

शव कुहिएर नचिनिने अवस्थामा रहेको स्थानीय बासिन्दाले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment