“वित्तिय साक्षरतातथाकर्जा सुरक्षण वितरण कार्यक्रम”


सहारा नेपाल साकोस केन्द्र इलामले मंगलबार सेवा केन्द्र इलामको कार्यालयमा एक दिवसिय वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सेवा केन्द्र इलाम अन्तर्गत सञ्चालित विभिन्न सहारा महिला समूहका सदस्यहरुको उपस्थितीमा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक हरिहर निरौलाको सभाध्यक्षता, तथा साकोसका इलाम अनुगमन अधिकृत श्री तोयानाथ आचार्यको प्रमुख आतिथ्यतामा कार्याक्रम सम्पन्न भएको हो । 


कार्याक्रममा सहयोग समिति सदस्य भगवती देवी पराजुली, शेयर सदस्य स्थानीय व्यवसायी विमल गुरुङ्गको आतिथ्यता रहेको थियो। कर्मचारी सम्झना गुरुङ्गले सञ्चालन गरेकी थिइन । कार्यक्रम सेवाकेन्द्रमा कार्यरत कर्मचारीद्धय अनुप रिजाल र सरस्वतीर्कीको व्यावस्थापनमा सञ्चालन भएको थियो ।
वित्तिय साक्षरताको आवश्यकता सहकारी जगतबाट आफ्नो वित्तियजिवन सुधार गरेका विभिन्न उदाहरण साथै सहारा नेपाल साकोसको यस पक्षमा रहेको सक्रियताको चर्चा गर्देसंस्थाले सदस्यलाई विगत देखि दिदै आएको विभिन्न सेवा सुविधाहरु समाजमा रहेपछि गरिने मानव जिवनचक्रका विभिन्न सामाजिक संस्कारहरु सम्पन्न गर्न खेल्दै आएको भूमिकामा गरेको सहयोग तथा सुविधाकाबारेमा जानकारी गराउदै सदस्यतथा ऋण विस्तारका लागि सदस्यको भूमिका समेत उल्लेख्य रहेको हुनाले सहकारीको सक्रिय सदस्यले निर्वाह गर्नुपर्ने भूमिकाकाबारे  तथा सेवाकेन्द्र इलामले वर्तमान अवस्थामा युवालाई समेट्दै ३ शून्यक्लव को अवधारणामा रहि सक्रियतापूर्वक युवाको विभिन्नपक्षको विकाशमा लागि पर्ने एवम् अहिलेको मानव शरीरमा देखापर्न थालेका विभिन्न स्वास्थ्य समस्याहरुमा प्रभाव पार्ने खानपान, कार्यशैली लगायतको तालिका नमिल्दा मानिसहरुमा देखापर्न थालेका विभिन्न स्वास्थ्य समस्याहरु ऋाउन नदिने प्रयास स्वरुप सबैको सक्रिय साथ रहेमा चाडै नै “योगाभ्यासलाई गरौ नभुली ः नियमित व्यायाम स्वस्थ जिवनशैली” भन्ने आह्वानका साथ सेवाकेन्द्रको कार्यक्षेत्रमा रहेका सदस्यतथा गैह्र सदस्यहरु समेतलाई समेट्दै क्षेत्रगत रुपमा प्रत्येक क्षेत्रमा न्युनतम ३ देखि ५ दिनसम्मको योगशिविर सञ्चालन गर्ने सोच रहेकाले आवश्यक साथ र सहयोग समेत गरि सहभागिता जनाउन सेवाकेन्द्र प्रमुख के.पीलुईटेलले आह्वान गरेका थिए ।


कार्यक्रममा प्रमुख अथितिअ नुगमन अधिकृत तोयानाथ आचार्यले हाम्रो संस्थाहाल नेपालको नम्बर १ सहकारीको रुपमा पहिचान बनाउन पाउदातमा म शेयर सदस्यहरुलाई यसको श्रेय जाने बताउदै हामी आबद्ध सबैलाई गौरव गर्ने वातावरण तयार भएको भन्दै यो ख्यातीलाई थप उचाइमा पु¥याउन कर्मचारी तथा सदस्यहरुको थप प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपसमिति सदस्य भगवती देवी पराजुलीले सहारा नेपाल नै किनभन्ने चर्चा गर्दे, हामी सदस्य र  संस्था प्रतिहम्रो दायित्व हाम्रा सेवा सुविधाहरु, हाम्रो आर्थिक कारोवार तथा घरपरिवारमा सदस्यबन्न योग्यतापुगेका व्यक्तिहरुलाई संस्थाले योगदान र सक्रियताका आधारमा प्रदान गर्ने सुविधालिनका लागि सदस्य हुन कोहि पनि नछुट्नुहुन अनुरोध गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्षश्री हरिहर निरौलाले धेरै सहकारीहरु मध्येमा हाम्रो सहकारीका मुख्य विशेषताहरुबारे जानकारी गराउदै हामी अब्बल छौ भन्ने कारण प्रस्तुतगर्दे सवैको पहिलो रोजाई सहारा नेपाल साकोस नै बनाउन र बन्न बाकि रहेकाहरुलाई समेट्न सहभागीहरुको साथ प्राप्तहुन सकोस भन्ने कामना साथ औपचारिक रुपमाकार्यक्रम सम्पन्नभएको घोषणा गर्नुभएको थियो । 
कार्यक्रमको दौरानमा सेवाकेन्द्र इलाम अन्तर्गत विभिन्नसहारा महिला समूहमा आबद्ध सदस्यहरुलाई संस्थाको नियमानुसार कर्जा सुरक्षण कोष अन्तर्गतको सेवालिने योग्यताभएका तपशिलका सदस्यहरुलाई कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि,तथा अतिथिहरुले सहयोग रकम हस्तान्तरण गर्नुभएको सेवा केन्द्रका प्रमुख केपी लुईटेलले जानकारी गराए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment