इलामको सन्दकपुरस्थित डेरी उद्योगमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षति भएको छ । आज बिहान ९ बजे सन्दकपुर– ३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लास्टर गरेको दुई तले घरमा आफैले सञ्चालन गरेको अनुकूल दूध डेरीमा आगलागी भएको हो ।
दूध तताउने क्रममा डेरीमा अचानक भएको सो आगलागीबाट घर,घरभित्र रहेको अन्नपात,लत्ताकपडा र डेरी पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा बिहान १०ः३५ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको थियो ।
0 comments:
Post a Comment