इलाम, ३० मंसिरः सहारा नेपाल साकोस इलामले मानव अधिकार मञ्चको तालिम हल इलाम ९ मा संस्थाका वस्तु तथा सेवा सम्बन्धि अभिमुखिकरण एवम् वस्तु सेवाको प्रदर्शनी कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
सेवा केन्द्र इलाम अन्तर्गत आबद्ध करिब ५० जना शेयर सदस्यहरुको उपस्थितीमा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक हरिहर निरौलाको सभाध्यक्षता,साकोसका इलाम अनुगमन अधिकृत तोयानाथ आचार्यको प्रमुख आतिथ्यता एवम् सहयोग समिति सदस्य भगवती देवी पराजुलीको आतिथ्यतामा सम्पन्न कार्यक्रम कर्मचारी सम्झना गुरुङ्गको सञ्चालन तथा सेवाकेन्द्रमा कार्यरत कर्मचारीद्धय अनुप रिजालको स्वागत मन्तव्य र सरस्वती कार्कोको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
संस्थाका विभिन्न वस्तु तथा सेवा सम्बन्धि आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराई समृद्ध संस्थाको निर्माण अभियानमा टेवा पु¥याउदै हाल सबै सहकारीहरुलाई एउटै नजरले हेर्ने र नकारात्मक भावना दिनानुदिन वृद्धि भईरहेको कारणहरुबारे स्पष्ट पाररिएको थियो । त्यसैले पारदर्शिता, शेयर सदस्यको संस्थाप्रतिको भूमिका,सदस्यले प्राप्त गर्ने विभिन्न प्रकृतिका सेवा सुविधाका बारे थप पुनर्ताजगी गराई संस्थाले वर्तमान अवस्थामा वातावरणमैत्री कदममा सदस्यलाई जोड्न विद्युतीय चुल्होको प्रयोगबाट व्यक्ति तथा समुदाय अनि सिंगो राज्यमा पर्ने सकारात्मक प्रभाव साथै संस्थामा प्रयोग हुदै आइरहेका विभिन्न प्रविधिमैत्री सेवाहरु बारे जानकारी गराईएको थियो । मोबायल बैन्किगं, एटिएम,क्युआर कोर्ड आदिको प्रयोग लाई सदस्यमेत्री बनाउन सकियोस भन्ने अभिप्रायले प्रविधिको प्रयोग गर्न सिकाइका लागि प्रयोगात्मक रुपमा नै कार्यशालाको आयोजना गरिएको सेवाकेन्द्र प्रमुख के पी लुईटेलले जानकारी गराए ।
कार्यक्रममा प्रमुख अथिति अनुगमन अधिकृत तोयानाथ आचार्यले हाम्रो संस्था हाल नेपालको नम्बर १ सहकारीको रुपमा पहिचान बनाइरहदा हाम्रा सदस्यहरुमा वित्तिय साक्षरताको ज्ञान कुन तह सम्म हुनुपर्ने,प्रविधिको पहुचमा रहेका तर प्रयोग गर्न विभिन्न असहजताहरु पाएको हुदा प्रयोगात्मक रुपमा सिकाई आवश्यक रहेको बताए । उनले संस्थाप्रतिको सदस्यको लगावलाई निरन्तरता दिन सकेको खण्डमा संस्थाको उचाई थप वृद्धि गर्न मद्धत मिल्न सक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपसमिति सदस्य भगवती देवी पराजुलीले सहारा नेपाल साकोस मा आबद्ध भै विभिन्न क्षेत्रको लाभ लिन कोहि नछुट्न अनुरोध गर्नुभयो । कार्यक्रमका सभाध्यक्ष हरिहर निरौलाले धेरै हाम्रा सदस्यहरुलाई वित्तिय कारोवार एवम् प्रविधिमैत्री कारोवारमा अब्बल वातावरणमैत्री हाम्रा वस्तु तथा सेवाहरुको प्रयोगमा अब्बल बनाउन संस्थाले आवश्यकतानुसार विभिन्न यस्ता कार्यशालाहरु सञ्चालन गर्दै आइरहेको हुनाले सदस्यहरुको सक्रिय र सकारात्मक साथ सदा रहनसकोस भन्ने अपेक्षा र विश्वास संस्थाको रहेको व्यक्त गर्नुभयो ।
कार्यक्रमको दौरान सहभागी शेयर सदस्यहरु मध्ये बाट क्रमश कमल वहादुर भण्डारी,अविनारायण अधिकारी,गोपाल प्रसाद नेपाल,तोयानाथ ढकाल,संगिता खड्गी अधिकारी,निरानन्द चम्लागाई लगायतले आफू आबद्ध मुलुककै अग्रणी सहकारी संस्थाको रुपमा आफ्नो पहिचान बनाइसकेको संस्थाका विभिन्न वस्तु तथा सेवाहरु एवम् प्रविधिमैत्री प्रयोगात्मक कार्यशाला कार्यक्रम मा सहभागी भई प्रत्यक्ष लाभ लिन पाएकोमा संस्थाका यस्ता प्रकृतीका कार्यक्रम आगामि दिनमा यस्ता कार्यशालाहरु को आयोजनाको निरन्तरताको कामना गर्दै आफ्ना धारणहरु प्रस्तुत गर्नुभएको सेवा केन्द्रका प्रमुख केपी लुईटेलले जानकारी गराउनुभयो
0 comments:
Post a Comment