इलाम २५माघः जिल्ला प्रहरी कार्यालय इलामले इलाम ६ प्रज्ञा सदन को–एजुकेशनल अंग्रेजी विद्यालयमा लागु औषध तथा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहारी कार्यालय इलाम र सोहि विद्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इलामका प्रमुख सेनानी अनुसन्धान उप–निर्देशक, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक, शिक्षीका र विद्यार्थिहरुलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक एकनारायण कोइरालले लागु औषध तथा साइबर अपराधको बिषयमा प्रशिक्षण दिनु भएको हो ।
कार्यक्रममा नेपालि सेनाद्वारा बिपद व्यवस्थापन सम्बन्धि डेमोस्ट्रेसन प्रदर्शन गरेको थियो । कार्यक्रममा सहभागिहरुबाट आएका जिज्ञासाहरुको विषयमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इलाम स्थित नेपाली सेनाका प्रमुख सेनानी र इलाम प्रहरी प्रमुखले जानकारी गाराउनु भएको थियो ।
0 comments:
Post a Comment