इलाम, ३ फल्गुनः इलाम जिल्ला इलाम नगरपालिका वडा नँ ५ बिब्ल्याटे बजारमा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिब्ल्याटेले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ। बिब्ल्याटे शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संञ्चालन गर्दै आईरहेको छ।
उक्त अभियानमा कर्जाको आवश्यकता ,बचतको प्रकार, बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको छ । उक्त कार्यक्रमको ब्यवस्थापन स्थानीय खेम प्रसाद ढकालले गर्नु भएको थियो भने कार्यक्रमको प्रशिक्षण शाखाका कर्मचारी समिन तामाङ र ददी राम दुलालले गर्नु भएको थियो।
उक्त कार्यक्रममा बित्तीय कार्यक्रमका बारेमा कर्मचारी ददी राम दुलालले माइपोखरी न्युजलाई जानकारी दिनु भयो।
गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखाहरुमा यो कार्यक्रम गर्दै आइरहेको छ ।
0 comments:
Post a Comment