२०८१ चैत्र १३ गते , बुधबार
साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो।
सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक सन् २०२२ मा अर्जेन्टिनाले कतारमा भएको प्रतियोगितामा सफलता पाएको हो ।
हालसम्म सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलबाहेक अन्य टोलीले विश्व कप उपाधि रक्षा गर्न सकेका छैनन् । सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन्।शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ। बोलिभियाले चार खेल खेल्न बाँकी छ।

0 comments:
Post a Comment