२०८१ चैत्र १६ गते , शनिबार
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल लगायतका केही व्यक्ति शुक्रबार साँझ पक्राउ परेका छन्। नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले मिश्र, राणा र नेपाललगायतका केही व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए। मिश्र र राणालाई सातदोबाटो र नेपाललाई पुतलिसडकबाट पक्राउ गरिएको हो।
राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरी प्रदर्शनमा परिचालित भएका थिए। मिश्र, राणा र नेपालले राजावादीको नाममा गरिएको तीनकुनेस्थित प्रदर्शनमा अगुवाइ गरेका थिए। आन्दोलनको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं भने मोबाइल अफ गरेर राति अबेरसम्मै फरार छन् ।
नेपाल राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिको पदाधिकारीका रूपमा प्रदर्शनमा अगुवाइ गरेका थिए। शुक्रबार भएको हिंसात्मक आन्दोलनको अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राजावादीहरूले शुक्रबार तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गरेका थिए। जसकारण एक पत्रकारसहित दुई जनको मृत्यु भएको छ भने निजी तथा सरकारी सम्पत्तिमाथि ठुलो क्षतिसमेत पुर्याएको छ।

0 comments:
Post a Comment