हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एक जनाको मृत्यु

बैशाख ५, २०८२


झापा। झापाको कन्काई नगरपालिका वडा नं २ मा रहेको हेप्पील्याण्ड फनपार्कमा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।


मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–९ का ४५ वर्षीय सन्तोष लिम्बू रहेका छन् । हेप्पील्याण्ड फनपार्कभित्र बिजुलीको काम गर्ने लिम्बूलाई बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
उनलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पुर्याउनासाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment