बिर्तामोडका राजवंशीको मोटरसाइकलको ठक्करबाट मृत्यु

झापा
२०८२ जेष्ठ १६ गते , विहीबार


मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट झापा बिर्तामोड– १ का ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको मृत्यु भएको छ ।सोमवार राति अन्दाजी ९.२५ बजे उर्लाबारी– ३ सोल्टी पुलस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३प २५०५ नम्बरको मोटरसाइकलले पैदल यात्री राजवंशीलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएकोमा गएराति उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक धरान –१५ घर भई हाल उर्लाबारी –३ मा बस्ने ३२ वर्षीय ईश्वर शंकर सामान्य घाइते भएका थिए । उनलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । राजवंशीको मृत्युपछि मोटरसाइकल चालक शंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment