टिमाई खोलामा डुबेर मृत्यु

जेष्ठ १५, २०८२


झापा, मेचीनगर १० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आज दिउँसो अन्दाजी १२ ः ३० वजेको समयमा पहाडे मुलको जस्तो देखिने अन्दाजी वर्ष ४० का पुरुष टिमाई खोलामा घोप्टो परी मृत फेला परेको देखेसंगै स्थानीयले प्रहरीलाई खवर गरेका थिए । स्थानीयको भनाई अनुसार मृतक ४÷५ दिन अगाडिदेखि धुलावारी बजारमा मागेर खाँदै हिड्ने गरेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment