झापामा विषालु सर्पले डस्दा प्रहरी जवान घाइते

२०८२ बैशाख २३ गते , मंगलबार


झापामा विषालु सर्पले डस्दा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मीनराज राहु मगरलाई सर्पले डसेको हो ।
गएराति ११.१० बजेको समयमा सुकाएको लुगा उठाउन जाँदा मगरलाई सर्पले बायाँ घुँडामुनि टोकी घाइते बनाएको र उनको सर्पदंश उपचार केन्द्र चारआलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्युठान नोबैनी गाउँपालिका वडा नम्बर ८ घर र जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत दरबन्दी भई मगर हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment