झापामा लागूऔषध कारोबारीमाथि हवाई फायर, ब्राउन सुगर र मोटरसाइकल बरामद

बैशाख २२, २०८२


झापा,  झापा प्रहरीले हवाई फायर गरेर ठूलो मात्रामा लागूऔषध ब्राउन सुगर बरामद गरेको छ।
प्रहरीले प्लास्टिकसहित २०४.०८० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ ।
प्रहरीले आज बिहान ८:४० बजे कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङगा-झापा सडक खण्डमा शरणामतिबाट सुरुङगातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोजेका थिए ।


मोटरसाइकलमा सवार भएका कारोबारीले प्रहरीलाई देख्न साथ मोटरसाइकल र ब्याग छाडेर घटनास्थलबाट फरार भएका हुन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले ३०३ राइफलबाट २ राउन्ड हवाई फायरसमेत गरेका थिए। तर, उनीहरू त्यहाँबाट भाग्न सफल भए । तर, उनीहरूले बोकेको ब्यागभित्र राखिएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
यता प्रहरीले ब्राउन सुगर ल्याउने कारोबारीको खोजी कार्य तीव्र बनाएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment