- गाेविन्द पाैडल
किसानलाई वालिनालिमा जगली जनावरकाे हैरानि, अन्नखेतिकाे घट्दाेक्रम,मजदुरअभावमा यन्त्रिकरण नहुनु,उत्पादित वस्तुहरुमा लागत मूल्य समेत नपाईनु जस्ता समस्याले कृषि पेशा नै धरापमा परिरहदा लगाईएकाे वालिनालिमा राेग र किराकाे प्रकाेपले किसानहरुमा निरासा थपेकाे छ ।
विगत दुईतिन बर्षयता देखिने गरेकाे फाैजिकिरा यश बर्षपनि किसानकाे वारीमा पाईएकाे राेङ ६ रम्भ्याङका किसानहरुकाे भनाई रहेकाे छ ।
यता किसानहरुले लगाउदै आएकाे काक्रा खेतिमा पनि पात खुम्रने र कक्रने समस्या देखिएकाे छ तरपनि हालुम्म कुन पनि कृषि प्राविधिकहरु किसानकाे वारीमा आईपुगेका छैनन् ।
सरकारले कृषि पेशालाई सम्मानित गरेर स्वराेजगार,आत्मा निर्भर साथै आर्थिक समृद्धिकाे कुरा गरेपनि त्याे ब्यवहारमा नदेखिदा हरेकदिनसक्षम युवाहरु पलायन हुँदै गएका छन् ।
0 comments:
Post a Comment