समाचार सारांश
- चितवनमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
- शनिबार बिहान राप्ती नगरपालिका-३ मा भएको दुर्घटनामा ३१ जना घाइते भएका छन्।
- मृतकहरुको सनाखत हुन बाँकी छ र शव भरतपुर अस्पतालमा राखिएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा भएको सो दुर्घटनामा ३१ जना घाइते भएको चितवनका प्रमुख जिल्ल अधिकारी प्रकाश पौडेलले जानकारी दिएका हुन् । मृतकहरुको सनाखत भइनसकेको उनको भनाई छ । शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
0 comments:
Post a Comment