२०८२ जेष्ठ २३ गते , विहीबार
झापाको बिर्तामोडमा शृङ्खलाबद्ध चोरी भइरहेको अवस्थामा चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । करिब एक महिनाअघि बिर्तामोड वडा न. ४ बस्ने कमला कार्कीको घरबाट लाखौँको धनमाल चोरी भएको थियो । त्यस घटनामा संलग्नहरू पक्राउ परेका हुन् ।
गत बैशाख १५ गते दिउँसो १ः३० बजे कार्कीको घरको मूल ढोकामा लगाएको ताल्चा फोरी कोठाभित्र रहेको दराज फुटाई दराजको सेफ लकरमा राखेको नगद तथा ढिका सुन–५ तोला, पाँच तोला आठ आनी सुनबाट तयार गरिएको सुनको गहनाहरुः–ब्रास्लेट थान–१, सिक्री थान–२, एक तोला आठ आनीको सुनको औँठी–२ थान, चार आनी सुनको चन्द्रमा थान–१ र तीन तोला सुनबाट तयार गरिएको सुनको गहनाहरुः– चोकर थान–१, लकेट थान–७ गरी २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।
चोरीपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाको अनुसन्धान थालेको थियो । त्यस क्रममा आशङ्कित बिर्तामोड वडा न. ७ बस्ने २७ वर्षीय दीपेश खवासलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले कार्कीको घरको ढोलाको ताल्चा समेत फुटाई सुनको गहना चोरी गरेको स्वीकार गर्दै सो गहना बिर्तामोड वडा न. ४ बस्ने ३५ वर्षीय पवन चौधरीलाई बिक्री गरेको बताएका थिए ।
त्यसपछि पवन चौधरीलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा उनले दीपेश खवाससँग खरिद गरेको गहना मेचीनगर नगरपालिका वडा न. १० धुलाबारी बस्ने ३३ वर्षीय आशिष् श्रापलाई बिक्री गरेको खुलेको थियो ।
आशिष् श्रापले सञ्चालन गर्दै आइरहेको जय ज्वेलर्समा चोरी भएको गहनामध्ये १ तोला २३ लाल र ८ प्वाइन्ट सुन फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको छ । चोरीका अन्य घटनाका बारेमा पनि खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

0 comments:
Post a Comment