ताप्लेजुङको फुङ्लिङ बजारबाट सिकैचातर्फ जाँदै गरेको ट्याक्सी फावाखोला गाउँपालिका–४ स्थित बनपाला भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मृतकको पहिचान भावना रसाइलीका रूपमा भएको छ। उनी गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी थिइन् तर उपचारका क्रममा निधन भएको ताप्लेजुङ जिल्ला अस्पताल स्रोतले जनाएको छ।
सवारी चालक सविन विष्ट गम्भीर घाइते अवस्थामा फुङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि धरान रेफर गरिएको बताइएको छ।
दुर्घटना किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयका अनुसार सडक सँकिँदो र घुम्ती भएको स्थानमा ट्याक्सी अचानक अनियन्त्रित भई सडकबाट तल खसेको हो।
प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा तत्काल उद्धार गरिएको थियो। दुर्घटनाग्रस्त ट्याक्सीको नम्बर र थप विवरण आउँन बाँकी छ।
प्रारम्भिक विवरण:
स्थान: फावाखोला गाउँपालिका–४, बनपाला
मृतक: भावना रसाइली
घाइते: सवारी चालक सबिन बिष्ट
दुर्घटना समय: साउन ११ गते, दिउँसो
गन्तव्य: सिकैचा
थप विवरण आउँदैछ…
0 comments:
Post a Comment