माइपोखरी न्यूज
साउन १०, झापा
झापाको भद्रपुरमा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले शनिबार दिउँसो भद्रपुर नगरपालिका–५ स्थित बसपार्क नजिकै गोली प्रहार गर्दै भारत बिहार राज्यको किशनगञ्ज जिल्ला, कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूका अनुसार, प्रहरी टोलीले दुई राउन्ड गोली चलाएको थियो।
“एक राउन्ड हवाई फायर गरिएको थियो भने अर्को गोली इस्लामको बायाँ खुट्टाको घुँडामुनि लागेको हो,” एसपी लिम्बूले बताए।
इस्लामलाई समात्ने क्रममा उनी भाग्न खोजेका र प्रतिकार गरेपछि प्रहरीले गोली चलाएको जनाइएको छ।
प्रहरीले उनको साथबाट प्लास्टिकसहित करिब ११० ग्राम ‘ब्राउन सुगर’ बरामद गरेको छ। प्रहरीले प्रयोग गरेको ब्राउन सुगर परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको छ।
घाइते इस्लामको अवस्था सामान्य रहेको र हाल उनको उपचार प्रदेशिक अस्पताल भद्रपुरमा भइरहेको प्रहरीले जनाएको छ।
होटलमै भेटघाट तय गरेर पक्राउ
प्रहरी स्रोतका अनुसार, लागूऔषध कारोबारमा संलग्न इस्लामसँग ब्राउन सुगर किनमेल गर्न प्रहरी टोलीले एउटा होटलमा 'अन्डरकभर अपरेसन' अन्तर्गत योजना बनाएको थियो। होटल बाहिर इस्लाम पुग्नेबित्तिकै पक्राउ गर्न खोज्दा उनले प्रतिकार गरेका कारण प्रहरीले गोली चलाएको हो।
यसअघि पनि भद्रपुर क्षेत्रमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ गरिएका घटनाहरू भइसकेका छन्। प्रहरीले यसलाई भारत–नेपाल सीमावर्ती क्षेत्रमा फैलिँदो लागूऔषध कारोबारको चिन्ताजनक लक्षणका रूपमा हेरेको छ।

0 comments:
Post a Comment