कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, साउन १३ गते।


झापाको कचनकवल गाउँपालिका–७ सितागढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय अरुण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आज मंगलबार बिहान गाईबस्तु खेतमा बाँध्न जाने क्रममा घरनजिकै रहेको कृषि मोटरमा करेन्ट प्रवाह हुँदा राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उद्धार गरिए पनि घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीका अनुसार मृतक राजवंशी घरमा एक्लै बस्दै आएका थिए। उनका दुवै छोरा वैदेशिक रोजगारीमा छन् भने श्रीमती केही समयदेखि घरेलु झगडाका कारण माइतीघर गएकी थिइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment