हलेसी तीर्थयात्री बोकेको गाडी दुर्घटना : एकको मृत्यु, १६ घाइते

खोटाङ, साउन १९ ।
संकेतिक तस्वीर


प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिरबाट तीर्थयात्रा सकेर फर्किँदै गरेको सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्न बाँकी छ ।
प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ को जयरामघाट नजिकै सोमबार बिहान सडकबाट करिब २ सय मिटर तल खसेको हो ।
गाडीमा चालकसहित १८ जना सवार थिए ।
प्रारम्भिक विवरण अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनापछि गम्भीर घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हलेसी मन्दिर दर्शन सकेर सिराहातर्फ फर्कँदै गरेको उक्त गाडी सिराहाबाट रिजर्भमा गएको थियो ।
दुर्घटनापछि चालक फरार भएका छन् ।
प्रहरीले चालकको खोजी तीव्र पारेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
स्थानीयको सहयोगमा सबै घाइतेलाई उद्धार गरी घुर्मी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment