अदानचुलीमा बाख्रा चराउन गएका नान बुढाको भीरबाट खसेर मृत्यु

१८ साउन, अदानचुली (हुम्ला)।


हुम्लाको अदानचुली गाउँपालिका–३ माझखर्कस्थित पानीटोट्का भन्ने स्थानमा भीरबाट खसेर एक व्यक्तिको ज्यान गएको छ।
शनिबार बिहान बाख्रा चराउन जंगल गएका करिब ३६ वर्षीय नान बुढाको शव झन्डै १०० मिटर तल भीरमा मृत अवस्थामा भेटिएको स्थानीय बुहारी शान्ति बुमी (बुढा)ले जानकारी दिनुभयो।
बुढा साँझसम्म खर्कमा नफर्किएपछि खोजी सुरु गरिएको थियो। जंगल घरभन्दा गल्फागाड खोलापारि टाढा भएकाले शव ल्याउन स्थानीयवासी त्यसतर्फ लागेका छन्।
मृतक बुढा र उनकी श्रीमती मात्रै खर्कमा बस्दै आएका थिए। बिहानमात्रै घटनाबारे अन्य परिवारजनलाई जानकारी दिइएको हो।
हाल अदानचुली क्षेत्रका अधिकांश परिवार खर्कमै चौपाया राखेर बसोबास गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment