पाँचथर, साउन १९ ।
पाँचथर जिल्लाको याङ्वरक गाउँपालिका–१ बिरूवाबाट दुई बालबालिका गत शुक्रबारदेखि सम्पर्कविहीन भएका छन् ।
पूर्ण आधारभूत विद्यालय बिरूवामा अध्ययनरत तीमध्ये एकजना कक्षा १ र अर्का कक्षा ४ मा पढ्ने स्थानीय बृखबहादुर राईका छोरा र छोरी हुन् ।
शुक्रबार बेलुकी बाजे–बजुको घरमा बास बसेका ती बालबालिका शनिबार बिहान घर फर्किन नआएपछि बेपत्ता भएका हुन् ।
बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन् भने उनीहरू बाबु बृखबहादुर राईसँगै बस्दै आएका थिए ।
शनिबार बिहान छोरा र छोरीलाई घर जान भनेपछि बुबा गाउँतिर गएका थिए । तर, ती बालबालिका घर नफर्किएपछि रातभर गाउँमा खोजी गरिएको थियो ।
आइतबार बिहान परिवारले घटना सम्बन्धमा वडाध्यक्ष राजेन्द्र राईलाई जानकारी गराएका थिए ।
वडाध्यक्ष राईका अनुसार जानकारी प्राप्त भएलगत्तै प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिको टोली खोजीमा खटिएको छ ।
“शुक्रबारदेखि हराइरहेका बालबालिकाको खोजीमा कुनै कसर बाँकी राखिएको छैन,” उनले केन्जो खबरसँग बताएका छन् ।
याङ्वरक गाउँपालिकाले पनि अपिल गर्दै सबैमा सहयोग गर्न आग्रह गरेको छ ।
समाचार तयार पार्दासम्म पनि दुवै बालबालिका फेला परेका छैनन् भने सुरक्षाकर्मीहरूले सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाइरहेका छन् ।

0 comments:
Post a Comment