२०८२ श्रावण १७ गते , शनिबार
झापामा एक ट्याक्टर गोलिया काठसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ साढे ७ बजेको समयमा बुद्धशान्ति गाउँपालिका–६ गौडास्थित भित्री सडक खण्डमा इलामबाट झापातर्फ आउँदै गरेको प्र १–०१–००१ त ८५६० नम्बरको ट्याक्टर चेकजाँच गरेका थिए ।
चेकजाँचको क्रममा ट्याक्टरमा चिलाउने र सिमल जातको गोलिया फेला परेको थियो । सो काठको आवश्यक कागजपत्र नभएकोले ट्याक्टर र ट्याक्टरका चालक मेचीनगर नगरपालिका-८ बस्ने ४४ वर्षीय रञ्जित राजवंशीलाई आवश्यक कारबाहीका लागि वन कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment