दमकमा ११ वर्षीय बालक खोलामा डुबेर मृत्यु


दमक, झापा
– झापाको दमकमा ११ वर्षीय बालक खोलामा डुबेर मृत्यु भएको छ। मृत्यु हुने बालक दमक नगरपालिका–१० निवासी इन्द्र प्रसाईंका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईं हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आज बिहान करिब ७ बजे धर्मेन्द्र आफ्नो साथी भूपेन्द्र ढकाल (११)सँग घरदेखि करिब २०० मिटर उत्तरमा रहेको भालु खोलामा पौडी खेल्न गएका थिए। खेल्ने क्रममा खोला धर्मेन्द्रलाई करिब ६०० मिटर परसम्म बगाएको थियो।

स्थानीयहरूले देखेर उद्धार गरे पनि उनलाई निम्स अस्पताल दमक पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। शव तत्काल अस्पतालमै राखिएको र कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट टोली खटाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment