दुहबी (सुनसरी), २९ साउन — सुनसरीको दुहबी नगरपालिका–४ मा दुई पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।
स्थानीयले निर्माणाधीन घरभित्र दुईजनाको शव देखेपछि इलाका प्रहरी कार्यालय दुहबीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने प्रारम्भिक अनुमान अनुसार कसैले हत्या गरी शव त्यहाँ फ्यालेको हुनसक्ने देखिएको छ। शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक टोली बोलाइएको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment