झापा, ९ असोज ।
झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। गएराति बिर्तामोड नगरपालिका–७ खालबारी क्षेत्रमा अन्दाजी ३५ वर्षीय तराई मूलको जस्तो देखिने पुरुषलाई जंगली हात्तीले आक्रमण गरेको हो।
हात्तीले कुल्चिँदा उनको आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिइ अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment